शुक्रबार, चैत १६, २०८०

महालक्ष्मी विकास बैंकले ल्यायो क्रेडिट कार्ड सेवा

नेपालखोज २०८० जेठ १३ गते १६:०६

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंक लिमिटेडले बैंकको २९ औं वार्षिकोत्सवको अवसरमा भिसा क्रेडिट कार्ड सेवा सुरु गरेको छ ।

बैंकले शुक्रबारदेखि औपचारिक रुपमा क्रेडिट कार्ड सेवाको सुभारम्भ गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले बैंकको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमका बिच क्रेडिट कार्ड सेवाको समुद्घाटन गरेका हुन ।

उनले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

क्रेडिट कार्ड प्रयोगकर्ताले प्वाईन्ट अफ सेल (पस मेसिन), अनलाईन कारोबार तथा भिजा कार्ड स्वीकार गर्ने एटिएम बाट सजिलै नगद झिक्न, पसमार्फत भुक्तानी गर्नर वस्तु वा सेवाहरु खरिद गर्न सक्नेछन् ।

कार्ड मार्फत नगद झिक्दा, अनलाईन भुक्तानी गर्दा र वस्तु वा सेवाहरु खरिद गर्दा अधिकतम ४५ दिन सम्म व्याज नलाग्ने, क्रेडिट कार्ड सिमा १५ हजार देखि ५ लाखसम्म पाउने तथा नेपाल भारत र भुटानमा सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरु क्रेडिट कार्ड सेवामा उपलब्ध छन् ।

प्रतिक्रिया