आइतबार, असार १, २०८२

पूर्वराजालाई झलनाथको सुझाव : गद्दी फिर्ता हुँदैन, राप्रपाको अध्यक्ष बन्नुस्

नेपालखोज २०८० जेठ १३ गते १६:५५

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराजालाई ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न वा नयाँ दल खोल्न सुझाव दिएका छन् ।

पूर्वराजा शाहको पछिल्लो समय देखिएको सक्रियताप्रति असन्तुष्टि जनाउँदै शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले अब नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको दाबी गरे ।

उनले भने, ‘हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दैछन् । उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्छन् । अभिनन्दनका कुरा छन् । एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस्।’

प्रतिक्रिया