शनिबार, जेठ ४, २०८२

फैसला सुनाउन हामी न्यायाधीश होइनौं : विश्वप्रकाश शर्मा

नेपालखोज २०८० जेठ १३ गते १८:००

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदबाट फैसला सुनाउनका लागि कोहिपनि न्यायाधीश नभएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि शनिबार संसदमा भएको छलफलमा महामन्त्री शर्माले को दोषी को निर्दोष भनेर नेपाल प्रहरीले छानबिन गर्ने तथा संसदबाट संसदबाट फैसला सुनाउनका लागि कोहिपनि न्यायाधीश नभएको बताएका हुन् ।

एमाले अध्यक्ष ओलीले रोष्टममै उभिएर भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजियो भनेका थिए । यसमा आफ्नो विमति रहेको भदै महामन्त्री शर्माले अध्यक्ष ओलीको अभिव्यक्तिमा विमति जनाएका हुन् ।

उनले भने, ‘अमुक कोही निर्दोष हुनुहुन्छ, उहाँलाई फसाउन खोजिँदैछ भन्ने अभिव्यक्तिमा विमति जनाउन चाहन्छु । कांग्रेस नेताहरु विगतमा जेल पर्नुभएको र अहिले पनि मुद्दा सामना गरिरहनु भएको भएपनि को निर्दोष को दोषी भनेका छैनौँ । यहाँबाट फैसला सुनाउनका लागि हामी न्यायाधीश होइनौं ।’

प्रतिक्रिया