‘ए’ डिभिजन लिग : दुई खेल हुँदै
नेपालखोज
२०८० जेठ १४ गते ७:२३

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार दुई खेलहरु हुँदै छन् । दोस्रो लेगको नवौं चरण अन्तर्गत आइतबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
च्यासल मैदानमा सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया