शनिबार, वैशाख ८, २०८१

शेखर कोइरालाले भने, ‘शंकास्पद अनियमितताको विषय संसदको रेकर्डबाट हटाउनु विडम्बना’

नेपालखोज २०८० जेठ १४ गते १०:४८

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले, सांसदले संसदमा उठाएको शंकास्पद अनियमितताको विषय शीर्ष नेताको सहमतिमा रेकर्डबाट हटाउनु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन् ।

पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी हालेको विषय संसदमा उठेपछि नेकपा एमालेले संसद अवरुद्ध गरेको थियो ।

शनिबार शीर्ष नेताहरुबीच नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले लगाएको आरोपको सो अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएपछि संसद सचिवालयले रेकर्डबाट हटाएको छ ।

यो विषयमा डा.कोइरालाले आफ्नो धारणा सार्वजनिक गर्दै सामाजिक सन्जालमा लेखेका छन्, ‘कस्तो विडम्बना १ संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनियमिततासम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरुप कार्य गर्ने ।’

प्रतिक्रिया