आज पूर्व र पश्चिमी पहाडी स्थानमा पानी पर्ने, हिमाली भेगमा हल्का हिमपातको सम्भावना
नेपालखोज
२०७६ माघ २३ गते ९:०४
२३ माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महशाखाका अनुसार विहिबार आज देशका पूर्व र पश्चिम पहाडका एक÷ दुइ स्थानमा पानी पर्ने संभावना छ ।
विहिबार दिउँसोपख यी स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमवीद् राजु प्रधानाङगका अनुसार स्थानीय वायुको प्रभावका कारण पानी पर्न लागेको हो ।
बेलुकीपख पुर्व र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात पनि हुने संभावना छ । यी बाहेक अन्य स्थानको मौसम आज सामान्यता सफा रहनेछ । काठमाडौै उपत्यकाको न्युनतम तापक्रम आज विहान ४ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया