आज सुनचाँदीको मूल्य कति ?
नेपालखोज
२०८० जेठ १४ गते ११:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
गत शुक्रबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला दुई सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, आइतबार चाँदीको मूल्य भने बढेको छ।
शुक्रबार प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ।
सम्बन्धित

प्रतिक्रिया