बिहीबार, जेठ २, २०८२

काे-को परे संसदीय सुनुवाइ विशेष समितिमा ?

नेपालखोज २०८० जेठ १४ गते १४:५८

काठमाडौं । १५ सदस्यीय संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरूको टुंगो लागेको छ।

समितिमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यहरू रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की समितिमा छन्।

त्यस्तै, प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लीलानाथ श्रेष्ठ र ईश्वरी जिएम छन्।

नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राप्रपाबाट पशुपतिशमशेर जबरा, जसपाबाट प्रकाश अधिकारी समितिमा प्रतिनिधित्व गर्छन्।

समितिमा राष्ट्रिय सभाबाट कांग्रेसका रमेशजंग रायमाझी, एमालेबाट देवेन्द्र दाहाल, माओवादीबाट जगप्रसादश शर्मा गत वैशाख १३ गते नै मनोनीत भइसकेका छन्।

प्रतिक्रिया