१७ अंकले घट्दा दुई अर्ब ६३ करोडको सेयर किनबेच

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार नै नेप्से उच्च अंकले घटेको छ । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको लागि बजेट घोषणा गर्दे छ । त्यसको पुर्वसन्ध्यामा अर्थात आज आईतबार नेप्से १७ दशमलव ३८ अंकले घटेर १९ सय ४१ दशमलव ७४ अंकमा झरेको छ ।
यसअघि भने नेप्से लगातार बढेको थियो । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९० अंकले घटेर तीन सय ६९ दशमलव ४२ अंकमा झरेको छ । दुई सय ७० वटा कम्पनीहरुको ४७ हजार छ सय ७४ पटकको कारोबारमा आज ७० लाख ५० हजार ३९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ६३ करोड ९६ लाख ५९ हजार चार सय ९९ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समूहहहरुको कारोबार भएकोमा उत्पादनमुलक र सामुहिक लगानी कोष समूहहरुको सूचक क्रमशः ४९ दशमलव ६६ र शुन्य दशमलव शून्य नौ अंकले बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव ४६ अंंकले घटेर १२ स ४० दशमलव ९० अंकमा झरेकोमा विकास बैक समूहको सूचक पनि ७३ दशमलव ४८ अंकले घटेर ३५ सय १९ दशमलव ५४ अंकमा झरेको छ ।
जलविद्युत समूहको सुचक पनि नौं दशमलव २५ अंकले घटेर २४ सय १९ दशमलव ३३ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि एक सय ९० दशमलव ६२ अंकले घटेर नौ हजार नौ सय १२ दशमलव १५ अंकमा झरेकोमा निर्जिवन बिमा समूहको सूचक पनि दुई सय ५३ दशमलव ३५ अंकले घटेर नौ हजार तीन सय पाँच दशमलव ११ अंकमा झरेको छ । यि बाहेक फाइनान्स, होटल तथा पर्यटन, लगानी, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज युनिलिभर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ९३ रुपैंयाँ ८० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा हिमालयन ऊर्जा विकास कम्पनीको प्रतिकित्ता सेयर मूल्य छ दशमलव ४० प्रतिशतले घटेर दुई सय ७८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यसैगरी शिवम सिमेन्टको भने प्रतिकित्ता चार सय ६८ रुपैंयाँ २० पैसा अन्तिम मूल्यमा २१ करोड ७९ लाख ९४ हजार नौ सय तीन रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया