भारतले जित्यो काभा वुमन्स भलिबलको उपाधि
नेपालखोज
२०८० जेठ १४ गते १८:००

काठमाडौं । भारतले एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार भएको फाइनमा काजकस्तानलाई ३-० को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
उपाधि जित्ने क्रममा भारतले कजाकस्तानलाई २५-१५, २५-२२ र २५-१८ ले हराएको हो । प्रतियोगितामा नेपालले तेस्रो स्थान हासिल गर्यो ।
सम्बन्धित
प्रतिक्रिया