शुक्रबार, चैत १६, २०८०

विकास थापाको ‘जबर्जस्ती’सार्वजनिक (भिडियो)

नेपालखोज २०८० जेठ १४ गते १८:०७

काठमाडौं । विरही बस्यालको शब्द, भाका र एरेन्जमा वियोगान्त लोक गीत ‘जबर्जस्ती’सार्वजनिक गरिएको छ ।

सुनिता बुढा र विकास थापाको स्वर रहेको गीतलाई विरही बस्यालको अफिसियल यूट्युवमार्फत आइतबार सार्वजनिक गरिएको छ ।

गायक समेत रहेका बस्यालको निर्देशनमा निर्माण गरिएको गीतको भिडियोमा बस्यालको साथमा जुना गुरुङको सशक्त अभिनय रहेको छ ।

राजेश घिमिरेले छायांकन गरेको भिडियोमा पदम सुवेदीको सम्पादन रहेको छ । मिलन विश्वकर्माले कलर गरेको भिडियो ड्रागन पिक्चर्सको व्यानरमा निर्माण गरिएको हो ।

गीतमा मिलन पछिको वियोगान्तक परिवेशलाई लोकलय र शब्दजालमा बुनिएको छ ।

भिडियो

प्रतिक्रिया