मंगलबार, वैशाख २५, २०८१

आलिया-रणवीरको उमेरमा कति फरक ?

नेपालखोज २०७८ चैत २९ गते १३:४९

नयाँदिल्ली । बलिउडका दुई टप कलाकार रणवीर कपुर र आलिया भट्ट आउँदै गरेकाे नेपाली नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते बिहीबार (अप्रिल १४) विवाह गर्दै छन् । उनीहरुको विवाहको तयारीदेखि लिएर तमाम हल्ला अनि विगतका कुराहरुले अहिले इन्टरनेटको संसार रंगिएको छ । अभिनेत्री आलिया भट्ट बलिउडका प्रसिद्ध फिल्ममेकर महेश भट्ट तथा पुरानी अभिनेत्री सोनी राजदानकी छोरी हुन् । आलिया भट्टले विरासतमै अभिनयलाई प्राप्त गरेकी छन् । उनकी दिदी पूजा भट्ट पनि बलिउड नायिका हुन् ।

आलियाले नायिकाका रुपमा बलिउड फिल्म स्टुडेन्ट अफ दी इयरबाट डेब्यु गरे पनि उनले ६ वर्षको उमेरमा पहिलोपटक चाइल्ड आर्टिस्टका रुपमा बलिउडमा कदम राखिसकेकी थिइन् । आलिया भट्ट १९९९ मा रिलीज भएको अक्षय कुमार तथा प्रीति जिन्टाको फिल्म संघर्षमा पनि देखिएकी थिइन् । यद्यपि लिड एक्ट्रेसका रुपमा उनले करण जाेहरको फिल्म ‘स्टुडेन्ट अफ दी इयर’बाट करियर सुरु गरेकी हुन् ।

पहिलो फिल्म सुपरहिट भएदेखि नै उनले पछाडि फर्किएर हेर्नु परेन । उनले एकपछि अर्को गरि कैंयन् हिट फिल्ममा काम गरेकी छन् । आलिया बलिउडकी ति एक्ट्रेस हुन् जसको फिल्म राजीले ३०० करोडभन्दा बढीको व्यापार गरेको थियो । आलियाले अलग-अलग भूमिकामा शानदार अभिनय गरेर आफ्नो क्षमता साबित गरिसकेकी छन् । आज आलिया भट्ट भारतकी हाइएस्ट पेड एक्ट्रेसमध्ये एक हुन् । रिपोर्टअनुसार आलिया भट्ट एउटा फिल्ममा काम गरेवापत ८ देखि १२ करोड रुपैयाँ लिन्छिन् । यद्यपि आलियाले सन्जय लिला भन्सालीको फिल्म गंगुबाई काठियावाडीका लागि करिब ३२ करोड रुपैयाँ लिएको बताइन्छ ।

आलियासँग सानदार कारहरुको राम्रै कलेक्सन छ । उनीसँग रेन्ज रोभर इभोक, ओडी ए सिक्स, ओडी क्यु फाइभ, बीएमडब्ल्यू सेभेन जस्ता लग्जरी कार छन् । जानकारीअनुसार नोभेम्बर २०२१ सम्म आलियाको टोटल नेट वर्थ करिब ३५ मिलियन डलर अर्थात् ४०० करोड रुपैयाँभन्दा बढी थियो ।

उनका दुलहा रणवीर कपुरको जन्म २८ सेक्टेम्बर १९८२ मा भएको हो । रणवीर कपुरले फिल्मी करियरको सुरुवात २००७ मा सन्जयलीला भन्सालीको फिल्म ‘सावँरिया’बाट गरेका थिए । उनको यो डेब्यु फिल्म सुपरहिट साबित भयो । यता आलिया भट्टको जन्म १५ मार्च १९९३ मा भएको हो ।

आलिया भट्टले एक अन्तर्वार्तामा रणवीर कपुर आफ्नो बाल्यकालकै क्रस भएको बताएकी छन् । रणवीर तथा आलियाबीच ११ वर्षको फरक छ ।

ऐश्वर्या राय बच्चन-अभिषेक बच्चन, प्रियंका चोपडा -निक जोहान्स, फराह खान-शिरीष कुन्द्रापछि रणवीर र आलियाले के साबित गरेका छन् भने उमेर केवल एउटा संख्या हो । रणवीर कपुर र आलिया लामो समयदेखि एक-अर्कालाई डेट गरिरहेका थिए ।

प्रतिक्रिया