सडक दुर्घटनामा आठ जनाको मृत्यु
नेपालखोज
२०८० जेठ १४ गते २१:१९

बिश्केक । किर्गिस्तानको तोकमोक शहर नजिक भएको सडक दुर्घटनामा दुई जना बालबालिकासहित आठ जनाको मृत्यु भएको छ ।
बिश्केक–नारिन–टोरुगार्ट राजमार्गमा भएको दुर्घटनामा आठ जनाले ज्यान गुमाएका तथा घाइते भएका अन्य दुई जनालाई स्थानीय टोकमोक अस्पतालमा भर्ना गरिएको ट्राफिक सुरक्षा कार्यालयको प्रेस सेवाले जनाएको छ ।
उनीहरुको अवस्था स्थिर रहेको छ । द्रुत गतिमा हुइँकिएको वाहनले बालबालिकासहित १० जना सवार गाडीलाई ठक्कर दिँदा उक्त हताहति भएको हो ।
वाहनले लेन अनुशासन पालना नगर्दा दुर्घटना भएको अधिकारीहरूले बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया