होनचाको नेवारी खाजा घर

काठमाडौं । करिव १०० वर्ष भन्दा अगाडि पाटनकै होनचामा बसोबास गर्ने परिवार पाटन दरवार नजिकै आएर बसोबास गर्न थाले ।
सबैले होनचा या पिं भन्न थाले । उनिहरुका बालबच्चालाई होनचा या मस्त भन्न थाले । कालान्तरमा तिनीहरुको परिचय नै होनचा हुन पुग्यो ।
९० सालको भूकम्प भन्दा केही अगाडि रोजीरोटीका लागि सानो खाजा घर जस्तै खोले । ९० सालको भूकम्पले घर भत्किदा त्यो नसा पसस् (खाजा घर)को मुख्य ब्यक्तिको नै घरले थिचिएर मृत्यु भयो । तैपनि बुबाले कान्छी आमा बिबाह गरेर भए पनि ब्यबसायलाई निरन्तरता दिइरहे ।
आज तेश्रो पिढी होनचा नामले नेवारी खाजा घर सञ्चालन गरिरहेका छन् । पकवानमा नयाँ शैली भित्राइएको छ, भाडावर्तनमा आधुनिकता भित्रीयो । तर नेवारी खाजाले भने निरन्तरता पाइ नै रहेको छ । अहिले त होनचा पनि दुई तीनवटा भइसकेको छ ।
यो तस्विर आजभन्दा ४२ वर्ष अगाडीको हो । जतिबेला महिलालाई घर भित्र सिमित रहेको भनेर भन्ने गरिन्थ्यो । तर यो तस्विर हेर्दा त्यस्तो लाग्दैन । सानो काखे बालक काखैमा राखेर महिला ब्यापारमा तल्लिन देखिन्छे ।
मासु च्युराको सानो होटल चलाएको देखिन्छ । तसलामा मासु पकाएको देखिन्छ भने कसौडी छोपिएको देखिन्छ । संगै राखिएको नाङ्लोमा च्यूरा देखिन्छ ।
अचेल पनि पाटन कृष्ण मन्दिरको पछाडी (होनचा), काठमाडौंको मरु, किर्तिपुर तथा ठिमीमा महिलाहरुबाट नै सञ्चालित नेवारी रेष्टुरेन्टहरु देख्न सकिन्छ । यि नेवारी होटलहरुमा खासगरी वो, चटामरी, बारा, सपुम्हिचा, छ्वेयला, कचिला, स्वँपु, समयवजी सेट र सबै ठाँउमा सहज पाउने मोमो पाइन्छ ।
प्राय यस प्रकारको नेवारी रेष्टुरेन्टहरु सानो गल्ली भित्र साँघुरो कोठा तथा हरियो पर्दा पछाडी सानो सानो टेबल राखेर बनाइएको हुन्छ । आधुनिक सजावटका रेष्टुरेन्ट भन्दा यस्ता साना रेष्टुरेन्टमा स्वादिला तथा सस्ता पाइन्छ । पाटनको होनचा सबैभन्दा बढी प्रचलिन नाम हो । त्यहाँ खाली टेबल सहजै भेटिदैन, केही बेर कुर्नै पर्छ ।
प्राय सबै जसो नेवारी रेष्टुरेन्टमा मुख्य परिकार बनाउने महिलाहरु नै हुने गर्दछ । नयाँ खुलेका आधुनिक सज्जाको रेष्टुरेन्टमा आधुनिक सेफहरुले त्यो स्वाद दिन सक्दैनन् ।
म काठमाडौं आउँदा एकपटक होनचा पुग्छु । यस पटक होनचा मध्यको एक घजी होनचाू पुगे । तेश्रो पुस्ताले सञ्चालन गर्दै गरेको यो होनचामा पनि ब्यस्तता उस्तै थियो, केही बेर कुरेपछि बल्ल टेबल भेटे ।

प्रतिक्रिया