कुन-कुन वस्तुमा वृद्धि हुँदै छ कर ?

काठमाडौं । सरकार नेपालमा नै उत्पादन हुने वस्तु भारतबाट आयात कम गर्न भन्सार वृद्धि गराउने तयारीमा लागेको छ । भारतबाट आयात हुने तरकारी, बिस्कुट र सौन्दर्य सामग्रीलगायतका वस्तु रोक्नका लागि उद्योग मन्त्रालयले कार्यविधि बनाएको छ ।
उद्योग मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले नेपालमा नै उत्पादन हुने जस्तै वस्तु विदेशबाट आयात कम गर्न भन्सार वृद्धिका लागि कार्यविधि बनेको बताइन् ।
नेपालले नै उत्पादन गर्न सक्ने वस्तुहरूको अयात कम गर्नका लागि कार्यविधि बनेको हो । त्यो कार्यविधि बजेटमा समेट्ने अर्थमन्त्रालयको तयारी रहेको छ । बजेटमा समेटिएन भने पनि उद्योग मन्त्रालयले नै लागू गर्नेछ ।
बजेटमा प्रधानमन्त्रीले नै विशेष चासो राखेका छन् । अघिल्लो सरकारले निर्माण गरेको बजेटमा विचौलियाले करको दर नै हेरफेर गरेको आरोप लागेकाले यस वर्ष त्यस्तो नहोस् भनेर यसो गरिएको हो ।
अर्थमन्त्रालयको स्रोतले भन्यो, ‘बजेटमा प्रधानमन्त्रीले विशेष चासो दिनुभएको छ । यसअघि पनि प्रधानमन्त्रीले चासो दिन्थे । तर, विगतभन्दा अहिले बढि हस्तक्षेप देखिन्छ ।’
केही वस्तुको करका दरलाई लिएर प्रधामन्त्री र अर्थमन्त्रीबीच राय बाझिएको बताइएको छ ।

प्रतिक्रिया