मेयर साहले गरे गणतन्त्र दिवस समारोहको ‘बहिष्कार’
नेपालखोज
२०८० जेठ १५ गते १४:४३

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा आज टुँडिखेलमा आयोजित गणतन्त्र दिवसको समारोहलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अघोषित बहिष्कार गरेका छन् । उनी केही समययता संघीय सरकारसँग असन्तुष्ट थिए ।
हरेक वर्ष गणतन्त्र दिवसका दिन आयोजना गरिने औपचारिक समारोहमा उच्चपदस्थहरूलाई आमन्त्रण गर्ने गरिन्छ । काठमाडौंका मेयर र उपमेयरको पनि अनिवार्य उपस्थिति रहँदै आएको छ ।
तर, यसपालि मेयर साह र उपमेयर सुनिता डंगोल दुवै कार्यक्रममा अनुपस्थित रहे । ललितपुरका मेयर चिरीबाबु महर्जन भने समारोहमा सहभागी थिए ।
मेयर बालेननिकट स्रोतले गणतन्त्र दिवस संघीय सरकारले मनाउने कार्यक्रम भएकाले महानगरले हात झिकेको बतायो ।
सम्बन्धित

प्रतिक्रिया