काठमाडौंका थप ४४ स्थानामा स्मार्ट ट्राफिक लाइट जडान गरिने
नेपालखोज
२०८० जेठ १५ गते १९:२६

काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने बताए ।
उनले सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिनेसमेत बजेटमा उल्लेख छ ।
सम्बन्धित

प्रतिक्रिया