नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० जेठ १५ गते २३:००

सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ।

२० वटा संस्थान खारेज गर्ने सरकारको तयारी ।

सरकारले सांसद विकास कोष ब्यूँत्यायो, सांसदले आफ्नो निर्वाचन क्षेत्रका लागि पाँच करोड पाउने ।

आममाफी पाएका रेशम चौधरी कारागारबाट रिहा, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग ।

प्रधानमन्त्रीसँग ५ जना मन्त्री भारत भ्रमणमा जाने ।

विभिन्न कार्यक्रम आयोजना गरी आज विश्व सगरमाथा दिवस मनाइयो ।

महिला क्रिकेटमा मलेसियासँग नेपाल पराजित ।

ए डिभिजन लिगमा हिमालयन शेर्पामाथी खुमलटारको जित, पुलिस चौथो स्थानमा उक्लियो ।

विश्वकै अग्लो स्थानमा हुने तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनमा नेपाली धावकले बाजी मारे ।

प्रतिक्रिया