संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक बस्दै
नेपालखोज
२०८० जेठ १६ गते ६:५२

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज बस्दै छ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ८ बजे बस्नेछ ।
समितिको पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्यि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि उपस्थित हुने जनाइएकाे छ । अघिल्लो संसद अधिवेसनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन ।
गत सोमबार सभामुख घिमिरेले सहमतिबाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियाबाट भएपनि एक साता भित्र टुंग्याउन दलहरुलाई निर्देशन दिइसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया