शुक्रबार, वैशाख १४, २०८१

आजदेखि नाटक बुद्ध र भिखारी

नेपालखोज २०८० जेठ १६ गते ८:१०

काठमाडौं । चुलाचुली थिएटरको प्रस्तुतिमा थापागाउँस्थित मण्डला नाटकघरमा ‘बुद्ध’ र ‘भिखारी’ मञ्चन हुँदैछ । आज जेठ १६ मञ्चन हुने यो नाटक चेतन आङ्थुपोको नाट्य रुपान्तरण तथा अनुवादन एवं अनिल सुब्बाको परिकल्पना तथा निर्देशनमा तयार भएको हो ।

यो नाटक जेठ ३२ गतेसम्म प्रदर्शनमा रहने बताइएको छ । ‘आफ्नो झुपडीमा मुसाहरूले दिएको दुःखबाट दिक्क भएर भाग र भाग्यको अर्थ खोज्दै बुद्ध खोज्न निस्किएको भिखारीले यात्राभरि गरेको सङ्घर्ष र रमाइलो पललाई नाटकमा प्रस्तुत गरिनेछ’, निर्देशक सुब्बाले भने ।

नेपाली पौराणिक लोककथालाई नाट्यरुपान्तरण गरी ‘स्याडो प्ले’मार्फत मञ्चन गरिने निर्देशक सुब्बाले जानकारी दिए । कलाकार वेदना राई, प्रतिना राई, रमिता राई, रुपेश लामा, गणेश ताण्डव, नवीनचन्द्र अर्याल, सुनिल तामाङ, सौजन सेनेहाङ लिम्बू, सञ्जीव योगी, मनिष मगर, मोहन राईले नाटकमा अभिनय गर्नेछन् ।

प्रतिक्रिया