आकाशबाट ताराहरू हराउन सक्छन् ?

नेपालखोज २०८० जेठ १६ गते ९:०४

काठमाडाैं । वैज्ञानिकहरुले आगामी २० बर्षमा मानिसहरुले ताराहरु देख्न नसक्ने बताएका छन् । उनिहरुले यसको कारण प्रकाश प्रदुषणलाई बताएका छन् । ‘द गार्जियन’का अनुसार बेलायतमा बसोबास गर्ने खगोलविद् ९खगोलविद्० मार्टिन रेसले भनेका छन् – प्रकाश प्रदूषणका कारण आकाशको रंग धमिलो हुँदै गएको छ । सरल शब्दमा भन्दा अहिले आकाशको रंगले कालोको सट्टा हल्का खैरो देखिन्छ भने त्यहाँ थोरै तारा मात्र देखिन्छन् ।

प्रकाश प्रदूषण लाई बढाउने काम कृत्रिम बत्ती, मोबाइल(ल्यापटप जस्ता ग्याजेटहरू, शोरूम बाहिरको एलईडी, कारको हेडलाइट वा होर्डिङको चम्किलो प्रकाशले गर्छन् । २०१६ मै खगोलविद्हरूले पछिल्ला केही वर्षहरूमा प्रकाश प्रदूषण बढेको कुरा बताएका थिए । रातको आकाशको चमक हरेक वर्ष १० प्रतिशत ले बढ्दै गएको छ । सन् २०१६ मा वैज्ञानिकहरूले प्रकाश प्रदूषणका कारण विश्वको एक तिहाइभन्दा बढी जनसंख्याले आकाशगंगा ९ मिल्की वे ० देख्न नसकेको बताए ।

यसलाई सरल शब्दमा व्याख्या गर्दै अहिले जर्मन सेन्टर फर जियोसाइन्सेसका क्रिस्टोफर क्याबाले भनेका छन् – २५० वटा तारा देखिने क्षेत्रमा जन्मिएको बच्चा १८ वर्षको भएपछि १०० तारा मात्र बाँकी रहन्छन अर्थात्, त्यो बच्चा १८ वर्षको हुँदासम्म उसले आकाशमा १०० तारा मात्र देख्न सक्नेछ ।

मधुमेहको जोखिम २५ प्रतिशतले बढ्यो

चीनमा १ लाख मानिसमा गरिएको अनुसन्धानले सडक बत्ती तथा स्मार्टफोन जस्ता कृत्रिम बत्तीले मधुमेहको जोखिम २५ प्रतिशतले बढाउन सक्ने देखाएको छ । वास्तवमा रातमा पनि दिनको अनुभूति गराउने यी बत्तीले मानिसको शरीरको घडी परिवर्तन गर्न थाल्छ, जसका कारण शरीरको ब्लड शुगरको मात्रा नियन्त्रण गर्ने क्षमता घट्छ।

प्रकाशले शरीरमा ग्लुकोजको मात्रा बढ्छ

वास्तवमा, जो हर समय कृत्रिम बत्तीको सम्पर्कमा रहन्छन्, उनीहरुको शरीरको ग्लुकोजको स्तर केहि नखाई नै बढ्न थाल्छ । यसले हाम्रो शरीरमा बिटा सेलको गतिविधिलाई कम गर्छ। यो कोशिकाको सक्रियताका कारण प्यान्क्रियाजबाट इन्सुलिन हर्मोन निस्कन्छ । डा. सु भन्छन् – कृत्रिम प्रकाशको अत्यधिक एक्सपोजर विश्वभरको आधुनिक समाजको समस्या हो र यो मधुमेहको अर्को प्रमुख कारण बनेको छ।

प्रतिक्रिया