बिहीबार, जेठ २, २०८२

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ आज

नेपालखोज २०८० जेठ १६ गते १०:३९

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । उनीमाथि नाबालिका बलात्कारको मुद्धा लागेको छ ।

यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरको विवादमा पेस गरेको जन्म मिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश ‌भएको थियो ।

पीडितको उमेरसम्बन्धी विषयको टुङ्गो नलाग्दा यो मुद्दामा पटक पटक अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित हुँदै आएको थियो ।

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते जाहेरी दर्ता भएको थियो ।

प्रतिक्रिया