मंगलबार, वैशाख २५, २०८१

रुसी सेनामा नेपालीहरू भर्ना !

नेपालखोज २०८० असार ६ गते ८:४९
प्रतीकात्मक तस्बिर : भारतिय सेनामा नेपालीहरु

काठमाडौं । रुसले युक्रेनमा आक्रमण गरेको करिब एक महिनापछि युक्रेनमा रहेका नेपाली युवा प्रताप बस्नेत युक्रेनका तर्फबाट यो युद्ध लडिरहेको समाचार सार्वजनिक भएको थियो । उक्त समाचार नेपालमा मात्र होइन विश्वभर व्यापक रूपमा हेरिएको थियो । त्यही क्रममा नेपालले आफ्नो परराष्ट्र नीति तटस्थ र असंलग्नताको रहेको बताएको थियो । यद्यपि युक्रेनको मुद्दामा नेपालले रुसी आक्रमणको आलोचना गरेको थियो ।

हालसालै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा यस्ता समाचारहरू आइरहेका छन्, जसले नेपाली सैनिक रुसी सेनामा भर्ना भएको पुष्टि भएको प्रमाणहरू फेला परेको दाबी गर्छन् । रिपोर्टमा गत मे १६ मा एक रुसी सैनिक अधिकारीले सेनामा भर्ना हुने नीतिलाई थप सरल बनाएपछि सयौँ नेपालीले रुसी सेनामा भर्ना हुन सम्पर्क गरिरहेको बताइएको छन् । यस्ता मानिसले रुसी सेनामा १ वर्ष सेवा गरेपछि रुसको नागरिकता पाउने लालच देखाइएको छ ।

रुसले सैन्य भर्तीलाई सहज बनाए पछि नेपाली सेनाबाट अवकाश प्राप्त सैनिकहरू पनि रुसी सेनामा सामेल भएको समाचारमा दाबी गरिएको छ। दुबईमा सेक्युरिटी गार्डका रूपमा काम गरिरहेका नेपालीहरू रुसको यस्तो आकर्षक अफरपछि रुस पुगेर रुसी सेनामा भर्ना भएको एक सेवा निवृत्त नेपाली सैनिकलाई उद्धृत गर्दै एजेन्सीहरू लेख्छन् – रुसी सेनामा भर्ना हुने मापदण्ड सरल बनाइएकाले यसमा नेपालीहरूलाई कुनै समस्या नदेखिएको बताइन्छ ।

भनिन्छ, अहिले रुसी सेनामा भर्ती हुँदा रुसी भाषा जान्नु आवश्यक छैन, अङ्ग्रेजीको सामान्य ज्ञान नै पर्याप्त हुन्छ । नेपाली सेनाका एक पूर्व जवान अहिले रुसको सैन्य शिविरमा छन् । नेपालमा यसअघि पनि यस्तो तालिम गरिसकेकाले तालिम अप्ठ्यारो नभएको उनले बताए । यद्यपि उनले रुसी सेनाको हतियार निकै आधुनिक रहेको पनि बताए ।

रुसी सेनामा हाल सम्म कति नेपाली भर्ती भएका छन् भन्ने तथ्याङ्क कतै उपलब्ध छैन । यद्यपि रुसमा नेपालीहरूलाई निजी नागरिकता दिने गरेको बताइएको छ । यसमा रुसको प्राथमिकता पूर्व सैनिकहरू रहने गरेका छन् ।

प्रतिक्रिया