आइएमई पे र अरोगीन हेल्थ केयरबीच ४५ प्रतिशतसम्म छुट दिने सम्झौता
नेपालखोज
२०८० जेठ १६ गते १९:४७

काठमाडौं । ‘आइएमई पे’ र अरोगीन हेल्थ केयरबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार, अब अरोगीन हेल्थ केयरमा आइएमई पेमार्फत भुक्त्तानी गर्दा ४५ प्रतिशतसम्म छुट प्राप्त सकिने छ ।
सम्झौता पत्रमा अरोगीन हेल्थ केयरको तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट माधव कटुवालले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अन्तर्गत अरोगीन हेल्थ केयरको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पेमार्फत भुक्त्तानी गर्दा सुबिधा बमोजिम पाँच देखि ४५ प्रतिशतसम्म छुट प्रदान गरिने छ । सो छुट सिमित सेवालाई मात्र लागु हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया