नेपालखोज दिनभर : खबर सारांश
केही दिनयता विभिन्न सञ्चार माध्यममा हातहतियार खरिदसम्बन्धी समाचार सम्प्रेषण भएकोप्रति रक्षा मन्त्रालयकाे ध्यानाकर्षण ।
आगामी आर्थिक वर्षको बजेट जनपक्षीय बनाउन लाग्नुपर्नेमा मधेस प्रदेशसभा सदस्यहरुकाे जोड ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तीन जना आरोपितको बयान लिन सुरु ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइजकाे सहज जित हुँदा, जावलाखेल युथ क्लब पनि विजयी ।
नेपालकाे दोस्रो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली मलेसियामाथि ७ विकेटको उत्कृष्ट जित, जितसँगै नेपालले पाँच टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलको सिरिजमा १-१ को बराबरी गर्न सफल ।
प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन कोसी प्रदेश सरकारकाे आह्वान ।
माओवादी केन्द्रको बैठक : बजेट र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल ।
सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत बजेटमा ‘रैथानेमा गर्व गरौँ’ भन्ने नारालाई अघि सारेको भनाइ ।
उत्तरी मेक्सिकोमा सुरक्षा बलहरूमाथि राजमार्गमा बन्दुकधारीको एक समूहले आक्रमण गर्दा १० जनाको मृत्यु ।

प्रतिक्रिया