शुक्रबार, चैत १६, २०८०

निर्जला एकादशीमा के गर्ने ?

नेपालखोज २०८० जेठ १७ गते ५:००

हिन्दू धर्ममा पूजाको विशेष महत्व छ । त्यसैगरी हिन्दु शास्त्रमा तिथिलाई पनि निकै शुभ मानिन्छ । यसक्रममा एक वर्षमा २४ वटा एकादशी मनाइन्छ जसमा निर्जला एकादशीलाई धेरै शुभ र फलदायी मानिन्छ । यसपटक जेठ महिनाको शुक्ल पक्षको एकादशी जेठ १७ गते बुधबार परेको छ ।

एकादशी मध्ये सबैभन्दा ठूलो एकादशी निर्जला एकादशी हो । यस दिन भगवान विष्णुको पूजा आराधना गर्ने चलन छ । हिन्दु धार्मिक ग्रन्थहरु अनुसार यस दिन व्रत बसेर विधिपूर्वक पूजा गर्नाले मानिसको जीवनका सबै दुःख–कष्ट हट्छन् । भगवान् विष्णुको प्रसन्नता र कृपा प्राप्त गर्न आजको दिन दान गर्न सकिन्छ भने केही विशेष चीज दान गर्दा दोब्बर फल मिल्छ ।

निर्जला एकादशीमा जल कलश, नुन, तिल, कपडा, फलफूल, अन्न आदि दान गर्नुपर्छ । निर्जला एकादशीमा जल दान गर्दा पुण्य लाभ हुन्छ र भगवान विष्णु प्रसन्न हुन्छन् । नुन दान गर्नेले खाना प्राप्त हुन्छ । तिल दानले दुस्ख र रोगबाट मुक्ति मिल्छ। कपडा दान गर्दा आयु बढ्छ । निर्जला एकादशीमा अन्नदान गर्नेहरुको घर धन र अन्नले भरिपुर्ण हुन्छ ।

-स्नान गरेपछि सबैभन्दा पहिले घरको मन्दिरमा दियो बाल्नुपर्छ ।
-भगवान् विष्णुलाई गंगा जलले अभिषेक गरेपछि फूल र तुलसीको पात चढाउनुपर्छ ।

-भगवान्लाई सात्विक वस्तुहरु चढाउनुपर्छ ।

-आरती गरि निर्जला एकादशी व्रत कथा पढ्नुपर्छ ।

– भगवान विष्णुसँगै लक्ष्मीको पनि पूजा गर्नुपर्छ ।

-निर्जलाको अर्थ खाना र पानी बिना व्रत बस्नु हो ।

– यस दिन व्रत बसेर खानेकुरा मात्र नभई पानीको सेवन गर्नुहुँदैन भन्ने मान्यता छ ।

– सन्ध्याउपासनाका लागि आचमनमा लिइएको जल लिनु पर्ने शास्त्रमा उल्लेख छ ।

– यो व्रतमा एकादशीको सूर्योदयदेखि द्वादशी तिथिको भोलिपल्ट सूर्योदयसम्म जल तथा अन्नग्रहण हुँदैन ।

– यो दिन पानीले भरिएको कलशलाई सेतो कपडाले छोपेर ब्राह्मणलाई चिनी र दक्षिणाका साथ दान गर्नुहोस् ।

निर्जला एकादशी व्रतको फाइदा

पद्मपुराणमा निर्जला एकादशीको व्रत गर्नाले मनोकामना पूरा हुन्छ भनिएको छ । यो एकादशीको व्रत विधिपूर्वक राख्नाले सबै एकादशीको व्रतको फल प्राप्त हुन्छ ।हिन्दू धर्ममा तुलसीको विशेष महत्व छ । शास्त्र अनुसार घरमा तुलसीको बोटको पूजा गर्नु पर्छ जसले गर्दा घरमा सधैं सकारात्मक ऊर्जा रहन्छ । यसबाट भगवान विष्णु र माता लक्ष्मीको अपार आशीर्वाद प्राप्त हुन्छ । तुलसीको बोटले घरको वास्तु दोष पनि हटाउँछ । वास्तुशास्त्र अनुसार घरमा रहेको तुलसीको बोटले घरमा आउने हरेक विपत्तिको ख्याल राख्छ ।

तुलसीसँग सम्बन्धित यी उपायहरू गर्नु शुभ मानिन्छ :

तुलसीको बिरुवाले घरमा आउने समस्या वा घरमा बस्ने सदस्यका बारेमा पनि संकेत दिन्छ । घरमा तुलसीको बिरुवा लगाउनाले मानिसका सबै समस्या हटेर सुख समृद्धि प्राप्त हुन्छ । त्यसैगरी वास्तुशास्त्रमा तुलसीसँग सम्बन्धित केही उपायहरू बताइएका छन् जसलाई अपनाए धन र आशीर्वादले शत्रुमाथि विजय प्राप्त गर्न सकिन्छ ।

तुलसीसँग सम्बन्धित लाभदायक उपाय ?

धन वृद्धिका लागि स् ज्योतिष शास्त्र अनुसार जुनसुकै शुक्रबार माता तुलसीको ध्यान गर्दै यसको पात टिप्नुहोस् । त्यस पछि त्यसलाई सफा गर्नुहोस् र पीठोको बक्सामा राख्नुहोस्। यसो गर्नाले खानेकुराको कमी नहुने जनविश्वास छ भने घरमा सधैं इश्वरको आशीर्वाद रहनेछ । भगवान् विष्णुलाई तुलसीको मञ्जरी चढाउनुहोस् स् तुलसीको मञ्जरी भगवान विष्णु बाहेक भगवान कृष्णलाई पनि प्रिय छ । त्यसैले तुलसी अंकुरित हुने बित्तिकै तोडेर विष्णु तथा श्रीकृष्ण अर्पण गर्नुहोस् । यसो गर्नाले दाम्पत्य जीवनमा सुख र समृद्धि कायम रहन्छ।

दियो बाल्नुहोस् स् आइतबार र एकादशीका दिन बाहेक हरेक दिन तुलसीको बिरुवामा पानी हाल्नु पर्छ । यसका साथै हरेक दिन बिहान बेलुका तुलसीको अगाडि घ्यूको दियो बाल्नुपर्छ । यसबाट माता लक्ष्मी खुसी छन् । ज्योतिषशास्त्रका अनुसार कुनै पनि बिहीबार भगवान विष्णुलाई तुलसीका केही पात चढाउनुपर्छ । त्यसपछि उक्त पात पहेँलो कपडामा बाँधेर तिजोरी, अलमारी वा पैसा राख्ने ठाउँमा राख्नुहोस् । यसो गर्नाले माता लक्ष्मीको कृपा सदैव कायम रहन्छ र धनको कमी कहिल्यै हुँदैन ।

प्रतिक्रिया