‘साहसिक पर्यटन’ सम्बन्धी तस्बिर प्रदर्शनी

नेपालखोज २०८० जेठ १७ गते ८:११

‘साहसिक पर्यटन’ सम्बन्धी तस्बिर प्रदर्शनी पर्यटकीय सहर पोखरामा नेपालको साहसिक पर्यटनसम्बन्धी तस्बिर प्रदर्शनी चलिरहेको छ ।

यहाँ आयोजित प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन तथा एडभेञ्चर ट्राभल मार्ट–२०२३ को अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले तस्बिर प्रदर्शनी आयोजना गरेको हो । तस्बिर प्रदर्शनी चारदिनसम्म चल्ने ‘एनएफपिजे’का केन्द्रीय सदस्य सुनिल शर्माले जानकारी दिए ।

प्रदर्शनीमा ३० नेपाली फोटो पत्रकारले खिचेका साहसिक पर्यटनसँग सम्बन्धित ६० भन्दा बढी तस्बिर राखिएको छ । पाटा शिखर सम्मेलन र एडभेञ्चर ट्राभल मार्टमा आउने देश विदेशका पाहुनालाई नेपाल चिनाउने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको ‘एनएफपिजे’ले जनाएको छ ।

प्रतिक्रिया