शुक्रबार, वैशाख १४, २०८१

३८ अंकले नेप्से घट्दा दुई अर्ब ३१ करोडको कारोबार

नेपालखोज २०८० जेठ १७ गते १५:३६

काठमाडौं । बजेट घोषणा भएपछिको दोस्रो दिन पनि नेप्से घटेको छ । अघिल्लो दिन ५३ दशमलव १६ अंकले घटेको नेप्से आज बुधबार पुन ३८ दशमलव ८३ अंकले घटेर १८ सय ४९ दशमलव ७९ अंकमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव २८ अंकले घटेर तीन सय ५३ दशमलव ४३ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ६२ वटा कम्पनीहरुको ३६ हजार आठ सय ९३ पटकको कारोबारमा ८७ लाख ३६ हजार एक सय २८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ३१ करोड ५१ लाख ६९ हजार पाँच सय ७१ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुुचक १८ दशमलव ६७ अंकले घटेर ११ सय ९२ दशमलव ३६ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ७० दशमलव १७ अंकले घटेर तीन हजार तीन सय ६९ दशमलव ९९ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि ३४ अंकले घटेर १५ सय २२ दशमलव ८१ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ६१ दशमलव ८० अंकले घटेर २२ सय ९१ दशमलव ५६ अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय २८ दशमलव ८२ अंकले घटेर नौं हजार तीन सय ३६ दशमलव ३५ अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक पनि दुई सय २२ दशमलव ३४ अंकले घटेर आठ हजार सात सय ९३ दशमलव १२ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहरुको सुचक पनि क्रमशः एक सय २५ दशमलव ७१, एक दशमलव ४८, एक सय ७२ दशमलव ९६, ६३ दशमलव शुन्य दुई, शुन्य दशमलव शुन्य छ, २० दशमलव २० र ३५ दशमलव ७३ अंकले घटेका छन् ।

नेप्सेमा आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर दुई हजार रुपैंयाँ ४० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा युनिलिभर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर ३० हजार ८४ रुपैंयाँ ३० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

प्रभु बैंकको संस्थापक सेयरतर्फ भने प्रतिकित्ता एक सय दुई रुपैंयाँ अन्तिम मुल्यमा ३४ करोड २८ लाख १६ हजार एक सय २९ रुपैंयाँको सेयर कारोबार भएको छ । यो रकम आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया