शुक्रबार, वैशाख १४, २०८१

नागरिकता विधेयक प्रमाणीकरण भएकोमा राष्ट्रपतिलाई विमलेन्द्र निधिले दिए धन्यवाद

नेपालखोज २०८० जेठ १७ गते १८:५१

काठमाडाैं । नागरिकता विधेयक प्रमाणीकरण भएकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई पूर्वउपप्रधामन्त्री विमलेन्द्र निधिले धन्यवाद दिएका छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका निधिले आज प्रेस विज्ञप्ति जारी गर्दै धन्यवाद दिएका हुन् ।

उनले विधेयक प्रमाणीकरण भएसँगै संसदीय लोकतन्त्रको मान्यता र संविधान अनुसार संसदको सर्वोच्चता कायम भएको बताए । ‘यसबाट नेपालको संविधान २०७२ ले नागरिकतासम्बन्धी गरेको व्यवस्था कार्यान्वयनको बाटो खुलेको छ । बुवा र आमा दुवै जना नेपाली नागरिक भएर पनि वर्षौंदेखि नागरिकता नपाएका तिनका सन्तानहरूका समस्या समाधान हुने भएको छ’, निधिले भनेका छन् ।

२०७२ असोज ३ गते संविधान जारी हुनु अगाडि जन्मका आधारमा नागरिकता पाएकाहरूका सन्तानले विधेयक प्रमाणीकरण भएसँगै वंशजको नागरिकता पाउने उनले बताए । 

प्रतिक्रिया