महिला टि–ट्वान्टी : नेपालले मलेसियासँग खेल्दै
नेपालखोज
२०८० जेठ १८ गते ८:०८

काठमाडौं । महिला टि–ट्वान्टी आई खेलमा नेपालले आज मलेसियासँग पुनः प्रतिस्पर्धा गर्दै छ । पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा बिजयी भएका नेपालले आज पुनः मलेसियासँग खेल्न लागेको हो ।
आजको खेल नेपाली समय अनुसार बिहान ८ः ४५ बजेबाट सुरु हुँदै छ । पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । आज नेपाल दोस्रो जीत निकाल्ने योजनासहित मैदानमा उत्रदैँछ ।
नेपाल र मलेसिया बीच हालसम्म ५ महिला टि– २० आई खेल भइसकेका छन् । जसमा नेपाल ४ र मलेसिया १ खेलमा विजयी भएको छ । सोही क्रममा चौथो र पाँचौं खेल भने शनिबार र आइतबार हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया