शुक्रबार, वैशाख ७, २०८१

भिटामिन बी १२ को कमिका कारण हुने समस्या

नेपालखोज २०८० जेठ १८ गते ८:३८

भिटामिन बी १२ शरीरका लागि सबैभन्दा आवश्यक भिटामिन मध्ये एक हो जुन हाम्रो शरीरमा धेरै कार्यका लागि जिम्मेवार हुन्छ । शरीरमा भिटामिन बी १२ काे कमी अहिले सामान्य समस्या भएको छ । बी १२ ले शरीरमा रातो रक्त कोशिका बनाउनुका साथै मस्तिष्क र स्नायु कोशिकाहरूलाई बलियो बनाउन पनि मद्दत गर्छ । यो भिटामिनको कमीको लक्षण धेरै खतरनाक हुन सक्छ । हामी मध्ये धेरैलाई भिटामिन बी १२ को कमीका लक्षणहरू पनि थाहा छैन ।

भिटामिन बी १२ को कमीको संकेत

भिटामिन बी १२ को कमीले छालाको समस्या, कमजोर आँखा र न्यूरोलोजिकल समस्याहरू देखि धेरै स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।

– छालाको रंग हल्का पहेंलो हुनु

– जिब्रोमा पिडा र रातोपन ९ग्लोसाइटिस०

– मुख भित्र घाउ

– हिंड्ने तरिकामा परिवर्तन

– आँखाको दृष्टि शक्तिमा परिवर्तन

– चिडचिडापन र अवसाद ।

हाम्रा बिभिन्न अंगहरूमा भिटामिन बी १२ को कमीका लक्षण बिभिन्न किसिमले देखा पर्छन् ।

१. हात र खुट्टामा झमझमाउनुको अर्थ भिटामिन बी १२ को कमी हुनु मात्र होइन । यो स्नायुमा दबाब, पिन्च नर्भ, स्नायु रोग, हाइपरभेन्टिलेशन, मधुमेह, मल्टिपल स्क्लेरोसिस, हाइपर थाइराइडिज्म र अन्य धेरै कारणले हुन सक्छ। त्यसैले यसका लागि आफ्नो परीक्षणहरू गराउनुपर्छ ।

२. भिटामिन बी १२ को कमीले मुख भित्र पनि समस्या सृजना हुन सक्छ । यसले मुखमा अल्सर, घाउ, सुन्निने र जिब्रो रातो हुन सक्छ। घाँटी दुख्नु पनि बी १२ को कमीको संकेत हो। भिटामिन बी १२ ले स्वस्थ मस्तिष्क, मुटु र हड्डी बलियो बनाउँछ ।
३. मस्तिष्क अध्ययनले देखाएको छ कि भिटामिन बी १२ को कमीले स्मरणशक्ति गुम्न सक्छ। यसका साथसाथै शरीर झनझन गर्ने, सुन्निने हुन सक्छ ।

प्रतिक्रिया