शुक्रबार, वैशाख २८, २०८१

नसा च्यापिने समस्याको उपचार

डा. हेमराज कोइराला २०७९ वैशाख २ गते १०:००

नसा च्यापिएका रोगीमध्ये ९० प्रतिशतको उपचार प्राकृतिक तरिकाले गर्न सकिन्छ भने १० प्रतिशत रोगमा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । तर, आपतकालीन अवस्था छैन भने शल्यक्रिया नगराएकै राम्रो हो । गराउनु नै पर्ने अवस्था भएमा विज्ञ स्नायु शल्य चिकित्सकबाटै गराउनुपर्छ । प्राकृतिक उपचारमा विशेषतः पूर्ण ‘बेड रेस्ट’का साथ फिजियोथेरापीका विद्युतीय उपकरणले गरिने उपचार आइएफटी, अल्ट्रासाउन्ड, ट्रेक्सन, तातोको सेकाइआदि दिएर दुखाइ कम गराइन्छ । यसका साथै अकुपन्चर तथा अकुप्रेसरजस्ता चिनियाँउपचार पद्धतिले पनि यो रोगमा फाइदा पुर्याउँछ । यी विधिले दुखाइ कम गर्नुका साथै हड्डी, डिस्क र लिगामेन्टको घाउ निको पारी च्यापिएको नसा छुटाऊन सहयोग गर्छ । ढाडको मालिस, अकुप्रेसर, कपिङ, अस्टियोपेथी, काइरोप्राक्टिसजस्ता उपचार पद्धतिले दुखाइ कम गराउनका साथै डिक्सलाई यथास्थानमा जान सहयोग गर्छ । दुखाइ कम भएपछि बिरामीलाई ढाडका व्यायाम, योग आसनहरू सिकाइन्छ । त्यसले मेरुदण्ड र आसपासका तन्तुलाई बलियो बनाउ“छ र फेरि यही समस्या दोहोरिन दिँदैन । नसा हड्डी खिइनाले च्यापिएको भए हड्डी खिइनुको कारण पत्ता लगाएर उपचार अगाडि बडाऊनुपर्ने हुन्छ ।

सावधानीहरू
१. नियमितरूपमा व्यायाम गर्ने बानी बसालौँ, अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातःभ्रमण जस्ता व्यायामले शरीरका हाड तथा जोर्नीहरूलाई बलियो बनाउनका साथै ढाडलाई तन्दुरुस्त राख्न मद्दत पुर्याइउँछ । श्रम र व्यायामबाट पन्छिने नगरौँ । नसा च्यापिइसकेकोे अवस्थामा भने चिकित्सकको सल्लाहअनुसारका व्यायाममात्र गर्नुपर्छ ।२. लामो समयसम्म कुर्सी तथा टुलमा झुकेर नबसौं, बस्दा उपरखुट्टी लगाएर वा शरीरको एक भागलाई मात्र दबाब दिएर नबसौँ । एउटै आसनमा लामो समयसम्म रहने व्यक्तिमा यो समस्या हुन सक्छ
३. सामान वा गरुंगो वस्तु उठाउँदा सावधानी अपनाऔँ । हडबडमा बलपूर्वक भारी उठाउने कोसिस नगरौँ ।
४. अग्लो हिल भएको जुत्ता वा चप्पलको प्रयोग नगरौँ ।
५. उकाली ओराली गदार्, सिढी चढदा सावधानीपूर्वक बिस्तारै हिडौँ ।
७ अगाडि झुकेर सामान उठाउनु पर्दा कम्मरबाट नझुकौँ । निहुरिएर गर्नुपर्ने कुनै पनि काम गर्नु पर्दा घु“डा खुम्च्याएर कम्मरलाई नमोडी बिस्तारै उठाऔँ ।
८. खोक्दा वा हाच्छि्युँ गर्दा भित्ता वा टेबुलको साहायता लिऔँ ।
९. शरीरको तौललाई आफ्नो उचाइअनुसार नियन्त्रणमा राखौँ । विशेषतः पेटलाई बढ्न नदिऊँ यसले ढाडमा अतिरिक्त दबाब दिन्छ ।
१० गद्दा, फोम, डन्लपजस्ता बाक्ला र मुलायम ओछ्यानमा नसुतौँ । स्प्रिङ भएको लचकदार झोलुङ्गे ओछ्यान बढी आरामदायक लागे पनि ढाडका लागि राम्रो होइन ।
११. साह्रै कडा ओछ्यानले पनि ढाडलाई राम्रो गर्दैन । सामन्यतः एक इन्च जति बाक्लो कपासको बिछ्यौनामा सुत्नु ढाडका लागि राम्रो हुन्छ ।
१२. सुत्दा सिधा सुत्ने बानी बसालौ । घोप्टो वा कोल्टेभन्दा उत्तानो सुत्नु नै ढाडका लागि राम्रो हो । नसा च्यापिइ सकेपछि भने खुट्टा खुम्च्याएर सजिलो हुने गरी गोडामुनि तकिया राखेर सुतौँ । सिरानी काँधको लमाइ बराबर अग्लो भए ढाडको लागि राम्रो मानिन्छ ।
१३. लामो समयसम्म उभिरहने वा बसिरहने नगरौँ । गर्नैपर्ने भएमा बीचबीचमा अवस्था परिवर्तन गरिरहनु पर्छ । उभिएर गर्नुपर्ने काम गर्दा एक खुट्टालाई अर्को खुट्टाभन्दा ६ इन्च जतिमाथि कुनै वस्तुको आड लिएर राखौं ।
१४. ड्राइभिङ गर्दा सिटलाई अलि अगाडि नै सारेर बस्ने गरौँ । ड्राइभिङ सिटमा वा कुर्सीमा बस्दा ‘ब्याक रेस्टको’ प्रयोग गर्ने गरौँ ।
१५. कम्मर वा गर्दन दुख्ने समस्या भएकाहरूले मोटरसाइकल नचलाऔँ । हिँड्दा ढाडको पेटी वा घा“टीको कलर लगाऔँ ।
१६. हिँड्दा बूढो मान्छेजस्तो कुप्रेर होइन ठाडो शिर गरेर सोझो भएर हिडौँ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया