स्क्रिनिङ परियोजनाका लागि ग्रामीण महिला उत्थान केन्द्रलाई सहयोग

नेपालखोज २०८० जेठ १८ गते १३:३५

काठमाडौं । मेटलाइफ नेपाल र ग्रामीण महिला उत्थान केन्द्र संयुक्त रूपमा मध्यपश्चिम नेपालको दाङ जिल्लाका प्रभावित क्षेत्रहरुमा सिकलसेल एनिमियाको फैलावट न्यूनीकरण गर्न सहयोग गर्न सहमत भएका छन् ।

दाङ र आसपासका क्षेत्रमा व्याप्त रोग मध्येको एक सिकलसेल एनिमियाले सम्पूर्ण मानव शरीरमा अक्सिजन पु¥याउने रातो रक्त कोशिकाको आकार नै परिवर्तन गर्छ । तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायमा यो रोगको उच्च प्रकोप देखिएको छ, शरीर दुख्ने, विभिन्न संक्रमणहरु हुने, कडा थकानको महसुस र रक्तअल्पता हुने लक्षण देखिएको छ ।

यस रोगबाट संक्रमित व्यक्तिहरूले आफ्नो दैनिक जीवनमा कुनै पनि प्रकारको शारीरिक काम गर्नकठिनाइ महसुस गर्छन् र समुदायमा सामाजिक र आर्थिक विपत्तिको शिकार हुन्छन् । यस सम्झौता अन्तर्गत, मेटलाइफ नेपालले प्रभावित क्षेत्रका नेता, स्वयंसेवक र सम्बन्धित सरोकारवालाहरूसँग विशेष गरी सचेतना कार्यक्रम सञ्चालन गर्न केन्द्रलाई सहयोग गर्नेछ । यी कार्यक्रमहरूले रोग, यसको प्रभाव र लक्षणहरूबारे जनचेतना जगाउने उद्देश्य राखेका छन् ।

सम्भावित वाहकहरू पहिचान गर्न र सही उपचार सुरु गर्न मद्दतको लागि समुदायका मानिसहरूलाई रगत परीक्षण गर्न पनि प्रोत्साहन गरिनेछ । मेटलाइफ नेपालले प्रभावित क्षेत्रका मानिसहरूलाई सकारात्मक रूपमा बाँच्न मद्दत गर्न, थप जोखिमहरू न्यूनीकरण गर्न र रोगसँग सम्बन्धित सामाजिक अन्धविश्वास र भेदभाव उन्मूलन गर्न केन्द्रलाई रोगको स्क्रीनिंग, उपचार र प्रभावकारी परामर्शमा पनि सहयोग गर्नेछ ।

मेटलाइफ नेपालले यस सहायताले थारु समुदायलाई सिकलसेल एनिमियाका बिरामीहरूले सामना गर्ने चुनौतीहरूसँग लड्न थप तयार हुने विश्वास पनि लिएको छ । समयमै सचेतना, रोग जाँच, र उपचारको पहुँचले समुदायको भविष्यका जोखिमहरूलाई न्यूनीकरण गर्न र उनीहरूलाई स्थिरता र आशाका साथ विश्वस्त भविष्य बाँच्न प्रोत्साहित गर्नेछ ।

मेटलाइफ नेपालका बारेमाट:

मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।

मेटलाइफको बारेमा:

मेटलाइफ ईन्क आफ्नो सहायक तथा सम्बन्धन प्राप्त गरेका कम्पनीका माध्यमबाट आफ्ना व्यक्तिगत र संस्थागत ग्राहकहरुलाई अघि सहज रुपमा अघि बढ्न विभिन्न बीमा योजनाहरु, वार्षिक योजनाहरु, कर्मचारी लाभ योजनाहरु तथा सम्पत्ति व्यवस्थापन योजनाहरु प्रदान गर्ने संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरु मध्ये एक हो ।

सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढी सहरहरुमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिया, यूरोप तथा मध्य एसियामा अब्बल स्थानमा रहेको छ ।

ग्रामीण महिला उत्थान केन्द्रको बारेमा

ग्रामीण महिला उत्थान केन्द्र महिला सशक्तिकरण,समृद्ध समाज, र ग्रामीण महिला, पिछडिएका र सीमान्तकृत मानिसहरूको सामाजिक–आर्थिक विकासको लागि न्याय र सकारात्मक रूपान्तरण सिर्जना गर्ने प्रतिबद्धताको लागि अगाडि बढ्दै आएको सेवा उन्मुख गैर–नाफामुखी समुदायमा आधारित एक संस्था हो ।

प्रतिक्रिया