भारतको बथनाहाबाट छुटेको कार्गो रेल विराटनगर आइपुग्‍यो

नेपालखोज २०८० जेठ १८ गते १४:५५

विराटनगर । भारतको बथनाहाबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको छ ।

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि भारतको बथनाहाबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको हो ।

नयाँ दिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर कार्गो रेल्वेको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया