बुधबार, वैशाख १२, २०८१

युरोपमा पहिलो समलैंगिक राष्ट्रपति

नेपालखोज २०८० जेठ १८ गते २०:००

युरोप । युरोपमा पहिलो समलैंगिक राष्ट्रपति लाटभियाको संसदले विदेशमन्त्री एडगरस रिचेनरिचलाई देशको नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको छ । ४९ वर्षीय रिचेनरिच सन् २०११ देखि देशको विदेशमन्त्री थिए ।

उनी लामो समयदेखि रुसी आक्रमणको विरुद्धमा युक्रेनको समर्थक मानिन्छन् । उनका पूर्ववर्ती राष्ट्रपति एगिल्स लेभिट्सले दोस्रो कार्यकालका लागि उम्मेदवारी नदिने निर्णय गरेपछि रिचेनरिच नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । संसदीय मतदानपछि उनले भने – देशको समृद्धि र सुरक्षाका लागि जे पनि गर्छु ।

रिचेनरिच समलैंगिक हुन् । सन् २०१४ मा विदेशमन्त्री हुँदा उनले आफु समलिङ्गी भएको कुरा सार्वजनिक गरेका थिए । त्यसो गर्ने उनी लाट्भियाका पहिलो प्रमुख नेता हुन् । अब उनी राष्ट्रपतिमा निर्वाचित भएसँगै युरोपेली संघमा पहिलो पटक खुल्ला रुपमा समलिङ्गी राष्ट्र प्रमुख बनेका छन् ।

रिचेनरिच पश्चिम समर्थक हुन्। उनले युक्रेनलाई नाटो र ईयु मा समावेश गर्ने कुराको समर्थन गर्दै आएका छन् । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उनलाई निर्वाचित भएकोमा बधाई दिँदै उनि युक्रेनको सच्चा मित्र भएको बताएका छन् ।

प्रतिक्रिया