बिहीबार, वैशाख ६, २०८१

राष्ट्रिय टिमको बन्द प्रशिक्षण स्थगित

नेपालखोज २०८० जेठ १९ गते ७:१७

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिगका १० क्लबहरूले खेलाडी फुकुवा नगर्ने घोषणा गरेपछि नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार एक विज्ञप्ति निकाल्दै राष्ट्रिय टिमको बन्द प्रशिक्षण स्थगित गरिएको जनाएको हाे । भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप र त्यसअघि फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलका लागि बिहीबारबाट राष्ट्रिय टिमको प्रशिक्षण सुरु भएको थियो ।

तर, सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका १० क्लबले लिग सकिएपछि मात्र आफ्ना खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पठाउने निर्णय गरेपछि एन्फाले प्रशिक्षण स्थगित गरेको हो ।

प्रतिक्रिया