बिहीबार, वैशाख १३, २०८१

सुन र चाँदी दुवैकाे भाउ बढ्याे

नेपालखोज २०७८ वैशाख २७ गते १२:०९

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजाे प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २०० रूपैयाँले बढेको हाे । त्यस्तै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य भने आज बढेको छ । चाँदीको मूल्य आज प्रतितोला १५ रूपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया