नालामा जम्मा भएको प्लाष्टिकका कारण २२ करोड मानिस बाढीको जोखिममा

काठमाडाैं । विश्वभरका २१ करोड ८० लाख मानिस प्लास्टिकका कारण बाढीको गम्भीर जोखिममा छन् । नालामा फालिने र निकास प्रणाली अवरुद्ध गर्ने प्लास्टिक कै कारण बाढिको जोखिम बढेको हो । यो जोखिममा रहेका मानिसहरूले विश्वव्यापी जनसंख्याको तीन प्रतिशत प्रतिनिधित्व गर्छन्, बेलायत, फ्रान्स र जर्मनीको संयुक्त जनसंख्या बराबर । प्रतिवेदन अनुसार यो एक पटकको संकट होइन, यसले मानिसहरूलाई बारम्बार बाढीको खतरामा धकेलिरहेको छ ।
उल्लेखनीय कुरा के छ भने जुलाई २००५ मा मुम्बईमा आएको यस्तै बाढीमा परेर १,०५६ जनाको मृत्यु भएको थियो भने १५ हजार करोडभन्दा बढीको आर्थिक क्षति भएको थियो । अनुसन्धान प्रतिवेदनमा वर्षासँगै नालामा जम्मा भएको प्लाष्टिकको फोहोरलाई पनि बाढी आउनुको कारण मानिएको छ । मुम्बईमा प्लाष्टिकका झोलाहरूले स्ट्रोम ड्रेन अवरुद्ध गरेका कारण मनसुनको पानी सहरमै जम्मा भएको थियो । प्रतिवेदनले बंगलादेशमा सन् १९८८ को बाढीको पनि उल्लेख गरेको छ । जस अनुसार प्लास्टिकको झोलाले जलमार्ग अवरुद्ध गर्यो र विनाशकारी बाढीमा मद्दत निम्त्याउन मदत पुर्यायो ।
यो बाढीका कारण बंगलादेशको दुई तिहाइ भूभाग पानीमा डुबेको थियो । अन्तर्राष्ट्रिय विज्ञापन एजेन्सी टियरफण्ड तथा वातावरणीय परामर्श संस्था रिसोर्स फ्युचरले जारी गरेको प्रतिवेदनअनुसार प्लाष्टिकबाट आउने बाढीको मार सबैभन्दा जोखिममा परेका वर्गले नै भोग्नुपरेको छ जो पहिलेदेखि नै आधारभूत सुविधाको अभावमा बाँच्न बाध्य छन् । बाढीको यस्तो जोखिममा परेकाहरु मध्ये ४.१ करोड बालबालिका, वृद्ध र अपाङ्ग रहेको प्रतिवेदनमा उल्लेख छ ।
यी मानिसहरू पहिले नै स्वास्थ्य र अन्य समस्याहरूसँग संघर्ष गरिरहेका छन्, त्यसैले यो अर्को नयाँ खतरा सामना गर्न सक्षम पनि छैनन । यो प्लाष्टिकले बाढीको जोखिमलाई थप गम्भीर बनाउने अनुसन्धानकर्ताहरू बताउँछन् । जसका कारण ड्रेनेज सिस्टम अवरुद्ध भएर बाढीले झन् गम्भीर रुप लिन्छ । प्रतिवेदन अनुसार बढ्दो प्लास्टिकसँगै यो खतरा बढ्दै गएको छ । सन् २००० देखि २०१९ को बीचमा प्लाष्टिकको फोहोर दोब्बर भएको अनुमान गरिएको छ ।
फोहोरमैलाको अव्यवस्थित व्यवस्थापन नै यसको बृद्धिका लागि जिम्मेवार छ । प्रतिवेदन अनुसार यस्तो बाढीको जोखिम दक्षिण पूर्वी एसिया र प्रशान्त क्षेत्रका साथै उप-सहारा अफ्रिकामा रहेको छ। यहाँ मानिसहरु पूर्वाधारको अभावमा घना बस्तीमा अस्वच्छ बस्तीमा बस्न बाध्य छन् । न त नाली, न स्वच्छ खानेपानी व्यवस्था, न स्वास्थ्य सुविधाले यसको खतरा अझ बढाउँदै लगेको छ । अनियोजित विकास र फोहोरको थुप्रोले यी क्षेत्रमा बाढीको जोखिम बढाउने डर छ । बाढीको यो संकटबाट मानिसहरू बाँचे पनि यसबाट फैलने रोगहरूले उनीहरूको जीवनयापन कठिन बनाउँछ। प्लाष्टिक र यसको व्यवस्थापनमा अहिले नै ध्यान नदिए यो फोहोर यसरी नै बढ्दै जाने अनुमान गरिएको छ ।
रिपोर्ट अनुसार एसिया र अफ्रिका यसबाट सबैभन्दा बढी प्रभावित हुनेछन् । अर्कातर्फ झुपडीमा बस्ने मानिसको जनसंख्यालाई अहिले करिब १०० करोड छ । योसँगै सन् २०५० सम्ममा झुपडीमा बस्ने मानिसको जनसंख्या ३ सय करोड पुग्ने अनुमान छ । बाढीसँग जोडिएको अर्को मुद्दा पनि छ जसलाई गम्भीरतापूर्वक सोच्नुपर्छ र त्यो मुद्दा जलवायु परिवर्तनको हो । विश्वभर जसरी विश्वको तापक्रम बढ्दै गएको छ, त्यसले वर्षाका घटना मात्र नभई छोटो अवधिमा थप भारी वर्षा हुने अनुमान छ । बाढीपीडितको यो सङ्ख्या यथार्थमा धेरै हुन सक्ने पनि प्रतिवेदनमा बताइएको छ । बढ्दो फोहोर आज संसारभर एउटा ठूलो समस्या बनेको छ। ओईसीडीले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार आगामी ३७ वर्षमा सन् २०६० सम्ममा प्लास्टिकको फोहोरको मात्रा तीन गुणा बढ्ने देखिएको छ ।
प्रतिवेदनले अनुमान गरे अनुसार सन् २०६० सम्ममा हरेक वर्ष १० करोड टनभन्दा बढी प्लास्टिक फोहोर उत्पादन हुनेछ, जसको ठूलो हिस्सा, करिब १५ करोड ३० लाख टन कुनै पनि प्रशोधन नगरी वातावरणमा फालिनेछ जसले पछि गम्भीर समस्या निम्त्याउन सक्छ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (UNEP) ले आफ्नो नयाँ प्रतिवेदनमा देश तथा कम्पनीहरूले विद्यमान प्रविधि प्रयोग गरी आफ्नो नीति र बजारमा परिवर्तन गरे सन् २०४० सम्ममा प्लास्टिक प्रदूषण ८० प्रतिशतले कम हुने आशा व्यक्त गरेको छ ।

प्रतिक्रिया