आइतबार, वैशाख २८, २०८२

स्टेजमै लडे अमेरिकी राष्ट्रपति बाइडेन

नेपालखोज २०८० जेठ १९ गते ८:२०

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमी कार्यक्रममा ढलेका छन् ।

उनी यहाँ दीक्षान्त समारोहमा सहभागी हुन आएका थिए। आफ्नो मन्तव्य सकिएपछि आफ्नो सिटतर्फ जाने क्रममा उनी मञ्चबाट ढलेका हुन् ।

वायुसेनाका अधिकारीहरूले उनलाई उठाएका थिए । उठ्न अलि अप्ठ्यारो परे पनि उनले उभिएपछि भने कसैको मद्दत लिएनन् । ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीट गर्दै राष्ट्रपति ठिक रहेको र चोट नलागेको जानकारी दिएका छन् ।

बाइडेन अमेरिकामा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा वृद्ध नेता हुन् । ८० वर्षीय डेमोक्रयाट नेता बाइडेनले २०२१ जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिएका थिए ।

प्रतिक्रिया