बिहीबार, चैत १५, २०८०

चीन–भारतबीच भिजालाई लिएर विवाद भएपछि दुवै देशले निकाले पत्रकार

नेपालखोज २०८० जेठ १९ गते १५:१०

काठमाडौं । चीन–भारत सीमा विवादपछि पत्रकारलाई दिइने भिजाबारे दुवैपक्ष आमने–सामने भएका छन् ।

चीनले भारतमाथि आफ्ना पत्रकारको भिजा नवीकरण नगरेको आरोप लगाउँदै कडा कदम उठाउने चेतावनी दिएको छ। अमेरिकी मिडिया हाउस वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार दुवै देशले एक–अर्काका पत्रकारलाई निष्कासित गरेका छन्।

सन् १९८० पछि भारतमा चिनिया पत्रकार नभएको यो पहिलोपटक हो। रिपोर्टअनुसार भातरले चीनको स्टेट न्युज एजेन्सी सिन्ह्वा र ब्रोडकास्टर सिसिटिभीका दुई पत्रकारको भिजा नवीकरण गरेन। चीनको परराष्ट्र मन्त्रालयले पनि दाबी गरेको छ।

चीनले आफ्ना पत्रकारलाई भारतले भेदभाव गरेको आरोप लगाएको छ। चिनिया परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले लामो समयदेखि भारतमा चिनिया पत्रकारमाथि भेदभाव भएको बताएकी छिन्।

सन् २०१७ मा पनि भारतले बिनाकुनै कारण चिनिया पत्रकारको भिजा अवधि घटाएको निङको भनाइ छ। यस्तै चीनले पनि भारतका ‘द हिन्दु’ र ‘प्रसार भारती’ का एक–एक पत्रकार निकालेको हो ।

वाल स्ट्रिटको रिपोर्ट आउनुअगावै भारतमा चिनिया दूतावासले ट्विट गर्दै यो वर्ष मात्रै ६० हजार भारतीयलाई बिजनेस, अध्ययन र फेमिली भिसा जारी गरेको बताएको छ। भिजासम्बन्धी मामिलामा चीनले भारतलाई जिम्मेवार ठहर्याएको छ।

सन् २०२० मा भारत–चीन सीमाको लद्दाखको गलवानमा हिंस्रक झडप भएको थियो। उक्त झडपमा परी भारतीय पक्षका २० र चिनिया पक्षका ३८ सैनिकको मृत्यु भएको भारतले दाबी गर्दै आएको छ।

४० वर्षपछि गलवानमा यो स्थिति पैदा भएको थियो। यसको कारण गलवान नदीको मुहानमा भारतीय सैनिकले अस्थायी पुल बनाउने निर्णय गरेको थियो। कारण चीनले यो क्षेत्रमा अवैध रुपमा पूर्वाधार निर्माण गरेको र सैनिक संख्या बढाइरहेको भारतले दाबी गर्दै आएको छ। INS

प्रतिक्रिया