क्यानले आईसीसी विश्वकप लिग टू खेलेका सबै खेलाडीलाई नगदसहित सम्मान गर्ने
नेपालखोज
२०८० जेठ १९ गते २०:०७

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप लिग टू खेलेका सवै खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ ।
सन् २०१९ देखि २०२३ को मार्चमा सकिएको लिग साइकलमा नेपाल शीर्ष ३ मा रहँदै विश्वकप ग्लोबल क्वालीफायरका लागि छनोट भइसकेको छ । यसबीचमा नेपालबाट लिग टूमा ३२ जना खेलाडीले प्लेयिङ सेटमा स्थान बनाएका छन् ।
उनले नेपालले खेलेका ३६ मध्ये १९ खेलमा जित र एक खेल बराबरी भएपनि २० खेलमा जित हात पारेको मानेरै खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने बताए । सर्वाधिक पुरस्कार पाउने खेलाडीले झण्डै ४ लाख पाउने र कम पाउने खेलाडीले २० हजार पाउने बताए ।
सम्बन्धित
प्रतिक्रिया