सीटीईभीटीका तीन कर्मचारीको खोजीकार्य शनिबार पनि जारी रहने
नेपालखोज
२०८० जेठ १९ गते २१:०२

काठमाडाैं । गाडी खसेर सुनकोसी नदीमा बेपत्ता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का तीन कर्मचारीको खोजीकार्य शनिबार पनि जारी रहने भएको छ ।
शुक्रबार दुर्घटना भएलगत्तै खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय जुटेका छन् । सिन्धुलीका एसपी राजकुमार सिलवालका अनुसार आज बेपत्ता व्यक्ति नभेटिएसँगै उद्धार टोलीले भोलि पनि खोजी गर्ने भएका हुन् ।
सम्बन्धित








प्रतिक्रिया