शुक्रबार, वैशाख १४, २०८१

सद्‌गुरु वाणी

नेपालखोज २०८० जेठ २० गते ५:५१

व्यक्तिले मानव जातिको निम्ति गर्न सक्ने श्रेष्ठ सेवा योबाहेक अर्को केही छैन— त्यो हो कृपा प्रसारण गर्ने ।

तपाईँले आफ्नो शरीरसँगको पहिचान छोड्ने बित्तिकै मन स्थिर वा निश्चल बन्नेछ ।

भक्ति वा समर्पणको भाव छैन भने सही अर्थमा रूपान्तरण हुँदैन । तपाईँ चाहे जेसुकैमा समर्पित भए पनि, मूलतः तपाईँको समर्पण भावले नै तपाईँलाई रूपान्तरण गर्नेछ ।

योग भनेको आफूभित्र पूर्ण सन्तुलन, गहिरो स्पष्टता र असीम उल्लासको अवस्था प्राप्त गर्नु हो । यस अवस्थामा हुँदा तपाईँ जीवनको लागि भरपुर रूपमा तयार रहनुहुन्छ ।

जीवन समय र ऊर्जाको नृत्य हो । जीवनको सुन्दरता भनेको यी दुवैबिच राम्रो लय पत्ता लगाउनु हो ।

तपाईँ यसरी बाँच्न सक्नुहुन्छ, कि तार्किक रूपमा वा चमत्कारिक शैलीमा— रोजाइ तपाईँकै हो ।

जीवन समय र ऊर्जाको नृत्य हो । जीवनको सुन्दरता भनेको यी दुवैबिच राम्रो लय पत्ता लगाउनु हो ।

मेरो आशीर्वाद छ, “तपाईँका सपनाहरू पूरा नहोउन्”, किनकि तपाईँका आकाङ्क्षाहरू जीवनको सीमित बोधबाट उत्पन्न हुन्छन् । तपाईँ आफ्ना सपनाहरूबाट माथि उठेर बाँच्न सक्नुहोस् ।

भक्ति भनेको जीवनलाई चिरफार गर्नु होइन बरु पूरै आत्मसात् गर्नु हो ।

सबै जना जिज्ञासु वा खोजकर्ता हुन्; कोहीले छिट्टै सम्झौता गर्छन्, कोहीले प्रयास गरिरहन्छन् ।

तपाईँ प्रेममा उभिन सक्नुहुन्न; तपाईँ प्रेममा चढ्न सक्नुहुन्न; तपाईँ प्रेममा उड्न सक्नुहुन्न— तपाईँ प्रेममा केवल खस्न सक्नुहुन्छ । यो आफू खसेर पनि माथि उठ्ने तरिका हो ।

जबसम्म हामी धर्म-सम्प्रदाय, वंश, जाति, लिङ्ग वा राष्ट्रको नाममा विभाजित हुन्छौँ, मानव जातिको निम्ति साँचो सफलता हुन सक्दैन ।

जानकारी, ज्ञान र समझदारीमा भिन्नता छ : जानकारी प्राप्त गर्न सकिन्छ, ज्ञान हुनु भनेको बोध हुनु हो अनि समझदारी आफूले आर्जन गर्नुपर्छ ।

प्रतिक्रिया