शुक्रबार, चैत १६, २०८०

व्याकुलता र बेचैनीले काममा समस्या ल्याउन सक्छ

नेपालखोज २०८० जेठ २० गते ६:११

जब हाम्रो दिमागमा कुनै नयाँ विचार आउँछ तब के हामी त्यसमा के गलत हुन सक्छ भनेर सोच्छौँ ? जब सञ्चार अस्पष्ट हुन्छ तब के हाम्रो दिमागमा नकारात्मक विचारहरू आउँछन् ? यदि त्यसो हो भने हामी आफ्नो विचार परिवर्तन गर्न सिक्न सक्छौँ जसले गर्दा कसैले हाम्रो सोचलाई सीमित गर्न सक्ने छैनन् । कामको क्रममा अलमल र छटपटी समस्याको कारण बन्न सक्छन् । हामीले यसबाट जोगिन सक्नुपर्छ ।

मानिसहरूप्रति गलत धारणा सिर्जना : अधिकांश बेचैन मानिसहरू मानिसहरूले आफूलाई मन पराउँदैनन् वा आफ्नो सीपको कदर गर्दैनन् भन्ने सोच राख्छन्। उनीहरूको मनमा सधैँ आफ्ना बारेमा कुनै न कुनै शङ्का हुन्छ। त्यसैले सधैँ आफ्नो विचार लाई पहरा दिइरहनु पर्छ । के कुरामा ध्यान पुर्‍याइरहनु पर्छ भने कतै हाम्रो विचार बिना कारण नकारात्मक त भइरहेको छैन ? कतै हामीले कुनै ठोस प्रमाण बिना अनुमान कै भरमा कुनै निर्णय लिइरहेका वा धारणा बनाइरहेका त छैनौँ ।

सधैँ प्रतिक्रिया ( फिडब्याक ) भाग्ने प्रयास : चिन्तामा डुबेका वा बेचैन मानिसहरू फिडब्याकलाई विपत्तिका रूपमा हेर्छन्। उनीहरू यसलाई आफ्नो असफलताको सूचक पनि मान्छन् । उनीहरू के विश्वास गर्छन् भने फिडब्याक उनीहरूको असफलता प्रमाणित गर्ने उपाय मात्र हो। आफूलाई कस्ता प्रतिक्रिया वा फिडब्याक मन पर्छ पुनरावलोकन गर्नुहोस्। खुला प्रतिक्रिया लिने सबैभन्दा सजिलो उपाय खोज्नुहोस्। यदि कुनै फिडब्याकले आफूलाई असहज वा दुःखी बनाउँछ भने पनि भन्नुहोस् – यो राम्रो कुरा हो म यी बिन्दुहरूलाई ध्यान पुर्‍याउनेछु।

सबैको नजरमा अप्ठ्यारो व्यक्ति : कतिपय मानिसहरू प्रायः त्यस्तो चीजहरूबाट टाढा रहन चाहन्छन् जसले उनीहरूलाई असहज बनाउँछ र त्यस्तो आफ्नो मनोवृत्तिप्रति उनीहरूलाई लाज पनि लाग्छ। उदाहरणका लागि यदि तपाईँलाई इमेलको जवाफ दिन असहज महसुस हुन्छ भने तपाईँ ढिलाइ वा अलमल गर्न थाल्नुहुन्छ। यसले हाम्रै गैर जिम्मेवारी सिर्जना गर्दछ । बरु आफूलाई असहज भएको कुरा सबैलाई इमानदारीपूर्वक बताइयो भने राम्रो हुनेछ ।

नयाँ विचारमा नकारात्मक प्रतिक्रिया : यदि नयाँ विचार हाम्रो पहिलो प्रतिक्रिया जोखिम र असफलता हो भने सबैले हामीलाई नकारात्मक व्यक्तिका रूपमा हेर्न थाल्छन्। बरु त्यो नयाँ विचार भन्दा राम्रो अरू के हुन सक्छ भनेर हेर्ने प्रयास गर्नुपर्छ । त्यसपछि मात्र आफ्नो चिन्ता व्यक्त गर्नु उपयुक्त हुन्छ ।

अन्त्यमा , सधैँ सकारात्मक बुँदामा आफ्नो कुराकानी समाप्त गर्नुहोस्। प्रतिक्रिया दिन हतार नगर्नुहोस् र पर्याप्त सोचेर जवाफ दिनुहोस्।

प्रतिक्रिया