शुक्रबार, वैशाख ७, २०८१

आज रेस्लिङ रिङमा भिडन्त 

नेपालखोज २०८० जेठ २० गते ६:१६

काठमाडौं । नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा आज लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको हलमा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता हुँदै छ ।

प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक नेपाल रिङ रेस्लिङ सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिएकी छिन् ।

नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुपी ग्याङ, एक्स हिरो, सुजल, सीजे वर्ल्ड, आकृति, तनु तथा कम्ब्याट कर्माले प्रतिस्पर्धा गर्ने यो प्रतियोगितामा सञ्जय महर्जन र राकेश विकले निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

कार्यक्रम प्रस्तोतामा जीवन तामाङ छन् । प्रवेश निःशुल्क रहेको यो प्रतियोगिता आजै सम्पन्न  हुनेछ ।

प्रतिक्रिया