संसदको भित्तेचित्रका बिषयमा भारतको जवाफ

भारतको नयाँ संसद भवनमा बनाइएको भित्तेचित्रलाई लिएर नेपालमा उठेको विवादमा भारतले पहिलो पटक आधिकारिक बयान दिएको छ ।
नयाँ संसद भवनमा दक्षिण एसियाको भौगोलिक भित्तेचित्र छ, जसमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि चित्रण गरिएको छ । उक्त भित्तेचित्रमा पाकिस्तानको तक्षशिला र मानसेरा पनि देख्न सकिन्छ।
आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, “संसदमा जे राखिएको छ त्यसले अशोकको साम्राज्य देखाएको छ ।
यो भित्तेचित्रले अशोकको जिम्मेवार र जनताप्रति समर्पित शासनको वर्णन गर्दछ। भित्ते चित्र र त्यसको अगाडिको पट्टीले त्यही कुरा बताउँछ । नेपालसँगको औपचारिक वार्तामा यस विषयमा कुनै कुरा नभएको पनि बागचीले बताए ।
यो भित्तेचित्रमा नेपालका धेरै राजनीतिक नेताहरूले प्रश्न उठाएका छन् । नेपालका इतिहासकारहरूले पनि यसलाई गलत बताएका छन् । -BBC
प्रतिक्रिया