बुधबार, वैशाख २६, २०८१

डा. खनालको कविताकृति ‘सन्देश’ सार्वजनिक

नेपालखोज २०८० जेठ २० गते १४:२७

काठमाडौं । डा. दामोदर खनालको कविता कृति ‘सन्देश’ सार्वजनिक भएको छ ।

‘सन्देश’ कविता सङ्ग्रहमा कवि डा. खनालले, राष्ट्रिय जीवन, समाज, राष्ट्रिय विभूति र राजनीतिलगायतका विषयमा लेखेका छन् ।

कृतिको पहिलो खण्डमा धर्म, संस्कृति र चाडपर्वलगायत विषयमा लेखिएका १३ वटा कविता समावेश छन् । कविता सङ्ग्रहको दोस्रो खण्डमा अध्यात्म र विज्ञानका १९ वटा कविता रहेका छन् ।

कर्मभूमि बेलायत बनाएका कवि डा खनालका कवितामा भने नेपाल नै नेपाल पाइन्छ । युनिभर्सिटी अफ म्यानचेष्टरसहितका विभिन्न शैक्षिक संस्थामा अध्यापन गर्दै आएका डा खनालका दर्जन बढी पुस्तक, जर्नल आर्टिकल र बुक च्याप्टर प्रकाशित छन् ।

प्रतिक्रिया