मंगलबार, असार ३, २०८२

कसैसँग कुराकानी र लेनदेन नभएको खाँणकाे बयान

नेपालखोज २०८० जेठ २० गते १४:३०

काठमाडाैं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले अदालतमा इन्कारी बयान दिएका छन् ।

जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस हुनुअघि भएको बयानका क्रममा उनले इन्कारी बयान दिएका हुन् । बयानमा खाँणले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको आरोपमा सत्यता नरहेको बताएका छन् ।

उनले बयानमा नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी केशव दुलालसँग भेट भएको भन्दै पाण्डेले लगाएको आरोप झुटो भएको जिकिर गरेका छन् । उनले कसैसँग कुराकानी र लेनदेन नभएको बयान दिएका छन् । 

प्रतिक्रिया