थप चारजनामा कोरोना संक्रमण पुष्टि
नेपालखोज
२०८० जेठ २० गते १६:५०

काठमाडौं । नेपालमा पछिल्लाे चाैबीस घण्टामा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९४५ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा चारजनाको नतिजा पोजिटिभ आएको हो ।
१३५ नमुनाको पीसीआर परीक्षण गर्दा एक र ८१० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार ३१ जनाको मृत्यु भएको छ । पछिल्लो चाैबीस घण्टामा देशभर दुईजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९१ हजार २९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १८ रहेको ।
सम्बन्धित

प्रतिक्रिया