सातदोबाटोले आर्मीलाई २-१ गोल अन्तरले हरायाे

नेपालखोज २०८० जेठ २० गते १७:४२

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले जितेकाे छ । आज च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले त्रिभुवन आर्मी क्लबलाई २-१ गोल अन्तरले पराजित गरेकाे हाे ।

सातदोबाटोको यो नवौं जित हो । जितसँगै सातदोबाटोले २४ खेलमा ३२ अंक जोडेको छ । आर्मीले २४ खेलमा ३० अंक जोडेको छ ।

प्रतिक्रिया